बुधबार १ हजार ४ सय ४२ नयाँ कोरोना संक्रमित थपिए, पीसीआर ६ हजार ७ सय ३१ मात्रै ।

 


काठमाडौं, मंसिर ३ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ सय ८ जना पुरुष संक्रमित भएका छन् भने ५ सय ३४ जना महिला संक्रमित भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै १ हजार ३८ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्रै ८ सय २२ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय ३१ जनाको पीसीआर गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी १२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ जना पुगेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार ८ सय ७८ जना रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *