मंगलबार नेप्से परिसूचक दोहोर अङ्कले बढ्यो, साढे ४ अर्ब बढीको कारोबार ।

 


काठमाडौं, मंसिर ३ गते ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । तिहार बिदापछि खुलेको पहिलो दिन कारोबार साढे ४ अर्बभन्दा बढी भएको छ । नेप्से परिसूचक २३ दशमलब ३२ अंकले बढेको छ । उक्त वृद्धिसँगै नेप्से परिसूचक १ हजार ७ सय ४१ दशमलब ८१ अंक पुगेको छ ।

दिनभर ४३ हजार ६ सय ७३ कारोबार भएका छन् । १ सय ९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् । ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी व्यापार उपसमूह ९ दशमलब ९८ प्रतिशतले वृद्धि भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *