नेकपा सचिवालयको बैठक स्थगित, दाहालको प्रस्तावविरुद्ध ओलीले काउन्टर प्रस्ताव ल्याउने ।

 


काठमाडौं, मंसिर ३ गते ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवायल बैठक १० दिनका लागि स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले पनि प्रस्ताव ल्याउन बताएपछि एक हप्ताका लागि सचिवालयको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कार्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्ताव र पत्रहरुका बारेमा छलफल गर्न बुधबार सचिवायलको बैठक राखिएको थियो । स्थायी समितिको बैठक १८ गते र केन्द्रीय समितिको बैठक २५ गते बोलाउने समेत निर्णय गरिएको छ । कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत प्रस्तावमा ओलीले पार्टी र सरकार सञ्चालन गर्न नसकेको भन्दै निकासका लागि त्याग गर्न माग गरेका थिए । ओली समूहले उक्त प्रस्तावलाई आरोपपत्र भएको भन्दै फिर्ता लिन माग गरेको थियो ।

दाहाल र नेपाल समूह उक्त प्रस्ताव फिर्ता लिन तयार नभएपछि ओलीले पनि काउन्टर प्रस्ताव ल्याउने भएका हुन् । दाहालले प्रस्तावमा ओलीलाई नक्कली राष्ट्रवादी भएको, यति होल्डिङ्स र ओम्नी समूहसँग साँठगाँठ गरेको, एमसीसीमा पार्टीलाई ढाँटेको, बजेट अघि राजस्व सम्बन्धी दररेट चुहाएको, समकक्षी नेताहरुलाई प्रलोभनमा पार्न खोजेको, संघीयता विरोधी गतिविधि गरेको, व्यक्तिवादी भएको, पार्टी विभाजन गर्न खोजेको, स्थायी समितिले गरेका निर्णय कार्यान्वयन नगरेको जस्ता आरोप लगाएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *