इराक र अफ्गानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ता हुने ।

काठमाडौँ, भदौ २५ गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफ्गानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेको अमेरिकी वरिष्ठ अधिकारीहरुले बतएका छन् । राष्ट्रपति ट्रम्पले इराक र अफ्गानिस्तानबाट अमेरिकी सेनाको कटौतीको घोषणा केही दिनमा गर्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

इराकी प्रधानमन्त्री मुस्तफा अल-काधेमीसँग गत अगस्टमा भएको भेटवार्तामा पनि राष्ट्रपति ट्रम्पले इराकबाट अमेरिकी सैनिक फिर्ता हुने बताएका थिए । तर, उनले अमेरिकी सैनिक कहिले फिर्ता हुन्छन् भन्ने घोषणा गरेका थिएनन् । पछिल्लो समय इराकभित्र अमेरिकी सैनिकमाथि लक्षित गरेर इरान समर्थित लडाकुहरुले आक्रमण बढाएका छन् । इराकमा तैनाथ गरिएका ५ हजार अमेरिकी सेना हटाउनु पर्छ भनेर स्वयम् इराकमा पनि आवाज उठिरहेको छ ।

इराकबाट सन् २०११ मा अमेरिकी सेना फिर्ता भएका थिए । अमेरिकी राजदूतावासको सुरक्षार्थ भन्दै केही सैनिक राखिएको थियो । केही वर्षपछि इस्लामिक स्टेटविरुद्धको युद्धमा इराकी फौजलाई मद्दत गर्न थप अमेरिकी सैनिक इराक पठाइएको थियो । अफगानिस्तानमा हाल ८ हजार ६ सय अमेरिकी सेना छन् । राष्ट्रपति ट्रम्पले आगामी निर्वाचन सम्म अफ्गानिस्तानबाट पनि सैनिक फर्ता लैजाने घोषणा गर्नेछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *