मनाङको २ हजार ८ सय मिटरदेखि माथि हिउँ, तापक्रम माइनस ८ डिग्रीसम्म ।

 


काठमाडौं, मंसिर २ गते ।

मनाङको माथिल्लो भेगमा चाँडै हिमपात शुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार २ हजार ८ सय मिटरदेखि माथि हिमपात भइरहेको छ । तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको छ । हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । माथिल्लो क्षेत्रका केही बस्तीमा २ फिटसम्म हिउँ जमेको छ । कार्तिकको अन्तिम साता ३ हजार मिटरको उचाईसम्म हिउँ परेको थियो ।

अहिले हिउँ निकै तलसम्म पर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी गिरीका अनुसार यो वर्ष छिटै हिउँ पर्न थालेको हो । गतवर्ष मंसिर २७ गेतबाट हिउँ पर्न थालेको थियो । सदरमुकाम चामेका नजिकका स्थानहरुमा पनि हिउँ परेको छ । स्थानीय बासिन्दाले पहिलो पटक यस समयमा यति धेरै हिउँ परेका बताएका छन् । बस्तीमै हिउँ परेको बतएका छन् । मनाङका थोराङलापास, याकखर्क, तिलिचो, ङ्वाल, हुम्डे लगायतका ठाउँहरुमा पनि हिमपात भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *