सरकार कोरोना संक्रमण तथा नियन्त्रणको जिम्मेवारीबाट झनै टाढा हुँदै ।


काठमाडौं, कार्तिक १९ गते ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण नेपालमा झनै बढ्दै गएको छ । विश्वका धेरै देशहरुमा कोरोना संक्रमण बढिरहेकै छ । छिमेकी भारतमा पनि संक्रमण नियन्त्रणमा छैन । नेपालको संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमण समुदायमा फैलिएको छ । विज्ञहरुका अनुसार हजारौँ मानिस संक्रमित अवस्थामै हिँडडुल गरिरहेका छन् । सरकारले कन्ट्याक्ट ट्रेसिङ गर्न छोडिसकेको छ । को संक्रमित छ वा छैन सरकारलाई थाहा छैन । सिकिस्त बिरामी भएकाहरु मात्रै कोरोना परीक्षणमा जाने गरेका छन् ।

महामारीको रुपमा फैलिएको सरुवा रोगलाई नियन्त्रण गर्नु राज्यको हस्तक्षेपकारी भूमिका हुनुपर्छ । सामान्य रोग जस्तै आफ्नो उपचार आफैँ गर्नु भनेर सरकारले गैर जिम्मेवारी प्रस्तुत गरेको छ । सर्वोच्च अदालतले आम रुपमा निःशुल्क परीक्षण गर्नु भनेर सरकारको नाममा आदेश जारी ग¥यो । सरकारले सर्वोच्चको आदेशको अवज्ञा ग¥यो । बरु फैसला उल्टाउनलाई उल्टै निवेदन दिएको छ । सरकारको यो कदम विरुद्ध चौतर्फी विरोध हुँदा समेत सरकार सुनेको नसुनै गरिरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *