सनराइज बैंकद्वारा विभिन्न ठाउँमा ३ वटा शाखा विस्तारसँगै शाखा संख्या १ सय ३९ पुग्यो ।


काठमाडौं, कार्तिक १८ गते ।

सनराइज बैंकले देशका विभिन्न भागमा थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार बागमती प्रदेशको सूर्यविनायकमा १ नयाँ शाखा थप गरेको छ । त्यसैगरी गण्डकी प्रदेशको अमरसिंहमा थप एक शाखा सञ्चालनमा ल्याएको छ ।

लुम्बिनी प्रदेशको योगीकुटीमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार देशभर १ सय ३९ वटा शाखा पुगेका छन् । त्यसैगरी ५१ वटा शाखारहित बैंकिङ सेवा रहेका छन् । बैंकको ११ वटा एक्स्टेन्सन सेवा रहेका छन् । त्यसैगरी १ सय ६१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *