फिलिपिन्समा शक्तिशाली आँधी, आँधीसँगैको भारी वर्षाका कारण चार जनाको मृत्यु ।

 


काठमाडौं, कार्तिक १७ गते ।

फिलिपिन्समा शक्तिशाली आँधी आएको छ । गोनी नामको उक्त आँधीले फिलिपिन्सको जनजीवन प्रभावित बनाएको छ । प्रति घण्टा २ सय २५ किलोमिटरको गतिमा आएको आँधीले जनधनको व्यापक क्षति गरेको छ । आँधीसँगै आएको भारी वर्षाले जनजीवन झनै जोखिमपूर्ण बनेको छ । आँधी सहितको भारी वर्षाले अलवाय प्रान्तमा १ बालक सहित ४ जनाको मृत्यु भएको छ । कयौँ घरहरु ध्वस्त भएका छन् । सडक अवरुद्ध भएका छन् । फिलिपिनी प्रहरीका अनुसार ३ लाख ४७ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *