संकटकालमा मात्रै सेना परिचालन हुन्छ ।

काठमाडौँ, भदौ २५ गते ।

प्रधानसेनपति पूर्णचन्द्र थापाले संकटकाल लागेको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सेना परिचालन गर्नुपर्ने कुरा उठिरेहको बेलामा उक्त भनाई राखेका हुन् । प्रधानसेनापति थापाले बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुलाई भेट गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।

मुलुकको अवस्था साँच्चै संकटमा पुगको निक्र्यौल सरकारले गरेका खण्डमा सेना परिचालन हुन्छ । काठमाडौँ उपत्यका कोरोना संक्रमणको हटस्पट बनेको छ । दैनिक ४/५ सयको संख्यामा उपत्यकामा संक्रमण पुष्टि भइरहेको छ । लकडाउन खुुल्ने बित्तिकै संक्रमण ह्वात्तै बढ्यो । फेरि निषेधाज्ञा जारी गरियो । हाल उपत्यकाको जनजीवन कष्टकर बनेको छ ।

निषेधाज्ञालाई खुकुलो पारिएको छ । यसले उपत्यकामा संक्रमणको झनै जोखिम बढेको छ । उपत्यकाका नगरप्रमुखहरुको फोरमले उपत्यकाको नाकामा कडाई गर्न सेना परिचालन गर्नुपर्ने माग गरेका थिए । उक्त मागको जवाफमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पादकहरु समक्ष उक्त भनाई राखेका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *