सङ्घीय राजधानी काठमाडौँ लगायतका सहरमा समुदायमै कोरोना संक्रमण ।

काठमाडौँ, कार्तिक १६ गते ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेका अनुसार समुदायमै कोरोना संक्रमण फैलिएको छ । उक्त सर्भे रिपोर्टका अनुसार काठमाडौँ उपत्यका संक्रमणको हटस्पट बनेको छ । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ । उक्त रिपोर्टका अनुसार सबै उमेर समूहमा संक्रमण फैलिएको छ । बालबालिका, महिला र वृद्धवृद्धामा समेत संक्रमण फैलिएको छ । नेपालमा हालसम्म १ लाख ७० हजार ७ सय ४३ जनामा कोरोना संक्रमण भएको छ । घरमै बसिरहेकामा पनि संक्रमण भएको देखिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *