यूरोपेली मुलुक रोमानियामा ५ सय बढी नेपाली कोरोना संक्रमित, संक्रमित मध्ये दुईको अवस्था गम्भीर ।


काठमाडौं, कार्तिक १४ गते ।

यूरोपेली मुलुक रोमानियामा ५ सयभन्दा बढी नेपालीहरु कोरोना भाईरस (कोभिड-१९) संक्रमित भएका छन् । संक्रमित भएकाहरुमध्ये दुई जना नेपालीको अवस्था गम्भीर रहेको बताइएको छ । केही नेपालीहरु भने उपचार गरेर घर फर्केका छन् । डेढ सयभन्दा बढी आफ्नो घरमै आइसोलेसनमा बसेका छन् । पछिल्लो दिनमा यूरोपमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । रोमानियामा पनि कोरोना संक्रमण बढेको छ । रोमानियाका अस्पतालहरु अहिले कोरोना संक्रमितको उपचारका कारण भरिभराउ भएका छन् ।

सोही कारण अधिकांश संक्रमितहरु घरकै आइसोलेसनमा बस्न बाध्य भएका छन् । रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन् । रोमानियाको एक अटो सर्भिस कम्पनीमा कार्यरत ४२ नेपालीहरु सबैमा कोरोना संक्रमण भएको रोमानियाको लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले बताएका छन् । अन्य विभिन्न कम्पनीमा काम गर्ने नेपालीहरु पनि संक्रमित भएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *