२०७७ को दशैँ शुरु, बडादशैँको शुरु दिन शनिबार बसन्तपुरको दशैँ घरमा घटस्थापना ।

 


काठमाडौँ, कार्तिक १ गते ।

बडादशैँको शुरु दिन शनिबार बिहान ११ बजेर ४६ मिनेटमा हनुमान ढोका बसन्तपुर दरबार क्षेत्रमा विधिपूर्वक घटस्थापना गरिएको छ । घटस्थापनाको दिन समस्त हिन्दूहरुले आ–आफ्नो घरको पूजा कोठामा घटस्थापना गर्दछन् । पूजा कोठाको भुईँलाई गाईको गोबरले लिपेर चोखो पारेर बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गर्दछन् । टपरी, भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन अनुसार आज हिन्दूहरुले घटस्थापना गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *