भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार, ज्यान गुमाउनको संख्या १ लाख १२ हजार ।

 


काठमाडौं, कार्तिक १ गते ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ८ सय ३५ जनाले ज्यान गुमाएका छन् । हाल भारतमा संक्रिय संक्रमितको संख्या ८ लाख ७ हजार १२६ जना रहेको छ ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ लाख ५३ हजार पुगेको छ । हालसम्म भारतमा ९ करोड २२ लाख बढीको कोरोना परीक्षण गरिएको छ । जोन्स हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर हालसम्म ११ लाख बढीले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *