सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार प्रहरी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, दर्जनौँ घाइते ।

 


काठमाडौँ, असोज २८ गते ।

सर्लाहीको सदरमुकामा मलंगवामा बुधबार प्रहरी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ४ दर्जनभन्दा बढी घाइते भएका छन् । गत असोज २१ गते जिल्लाको रामनगर गाउँपालिकाका कांग्रेस कार्यकर्ता महेन्द्र रामको हत्या गरिएको थियो । हत्या गरिएका रामको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, जाहेरी दर्ता गरिनु पर्ने, हत्यारालाई कारबाही गर्नुपर्ने जस्ता माग राखेर गरिएको प्रदर्शनमा झडप हुँदा कांग्रेस कार्यकताहरु घाइते भएका हुन् । प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा केही प्रहरीपनि घाइते भएका बताइएको छ । भिड उग्र हुँदै गएपछि र प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि भिडलाई तितरबितर गर्न ३१ राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो । दुई जना महिलाको खुट्टा भाँचिएको छ भने एकजनाको हात भाँचिएको बताइएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *