काठमाडौँ उपत्यकामा सञ्चालन गर्न सकिने क्षेत्र ।

काठमाडौँ, भदौ २५ गते ।

काठमाडौँ उपत्यकामा भदौ ३ गते जारी गरिएको निषेधाज्ञा आंशिक रुपमा खुला गरिएको छ । उपत्यकामा संक्रमण घटेका कारणले निषेधाज्ञालाई खुकुलो बनाइएको होइन । उपत्यकाको जनजीवन अस्तव्यस्त भएका कारण निषेषधाज्ञालाई खुकुलो बनाइएको हो । आर्थिक जीवनका महत्वपूर्ण क्षेत्र अझैपनि बन्द नै छन् । आंशिक रुपमै भएपनि काठमाडौँ उपत्यकाको जनजीवनलाई सहज बनाउनको लागि शर्त सहित निषेधाज्ञालाई खुकुलो पारिएको छ । खुला गरिएका क्षेत्र यस प्रकार छन् ।

औषधि पसल र स्वास्थ्य सामग्रीका पसल जुनसुकैबेला खुला गर्न पाइने भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरी अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु पसल बिहान ११ बजे र बेलुका ५ बजेदिेखि ७ बजेसम्म सञ्चालन हुन सक्नेछन् । त्यसैगरी विकास निर्माणका व्यवसाय पसल २ बजेदेखि ७ बजेसम्म खुला हुनेछन् । टेकअवे सेवा र अनलाइन सेवाका लागि १२ बजेदेखि ७ बजेसम्म खुला गरिएको छ । सहकारी संस्था ११ बजेदेखि ३ बजेसम्म खुला गरिएको छ ।

सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसल सोमबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन गर्न पाइनेछ । फर्निचर र अटो मोबाइल पसल सोमबार र बुधबार मात्रै खुला गर्न पाइनेछ । फुटपाथ र ठेला व्यवसाय तथा डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सवारी साधन मर्मत गर्ने वर्कशप बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अनलाइन कक्षा सञ्चालन गर्न पाइनेछ । विदेश जाने व्यक्तिलाई सहजीकरण गर्न सकिनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *