
काठमाडौँ, असोज २५ गते ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनका अनुसार मन्त्री पोखरेल अहिलेपनि अस्पतालमा रहेका छन् । यस अघि पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण तीब्र गतिमा बढीरहेको छ । केहीदिन अगाडि मात्र प्रधानमन्त्रीका सल्लाहकारहरुमा समेत कोरोना संक्रमण भएको थियो ।