लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि, होम आइसोलेसनमा छन् ।

 


काठमाडौँ, असोज २३ गते ।

लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनमा कोरोना संक्रमण भएको पुष्टि भएपछि होम आइसोलेसनमा रहेका छन् । रुघाखोकी लागेर स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । गत मंगलबार भएको प्रदेशसभा बैठकमा घर्ती सहभागी भएका थिए । बैठकमा मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरु, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारसमेत बैठकमा सहभागी भएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *