पछिल्लो चौबिस घण्टामा देशभर २ हजार १ सय २० कोरोना संक्रमित, उपत्यकामा मात्रै १ हजार १ सय ७७ संक्रमित ।

 


काठमाडौँ, असोज १७ गते ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९ सय ७८ जनामा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । नयाँ संक्रमित मध्ये १ हजार १ सय ७७ जना काठमाडौँ उपत्यकामा मात्रै संक्रमित भएका छन् । काठमाडौँ जिल्लामा १ हजार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरमा १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ६७ जनामा संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । सक्रिय संक्रमित २१ हजार ३ सय २ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनको जम्मा संख्या ५ सय २८ पुगेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *