आन्तरिक हवाई उडान र होटल असोज १ गतेदेखि खुल्ने ।

काठमाडौँ, भदौ ३० गते ।

सरकारले आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्टहरु असोज १ गतेबाट सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान सञ्चालन गर्नुपर्नेछ ।

विमानको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्नु पर्नेछ । मास्क र भाइजर अनिवार्य गरिएको छ । त्यसैगरी होटल सञ्चालन गर्नपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *