नेपालमा कोरोना भाइरस संक्रमणको कारण पहिलो पटक चिकित्सकको मृत्यु ।

 


काठमाडौँ, असोज १५ गते ।

नेपालमा कोरोना भाइरस संक्रमणको कारण पहिलोपटक एक चिकित्सकको मृत्यु भएको छ । सुर्खेत अस्पतालका ५८ वर्षीय चिकित्सकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना भाइरस संक्रमणको कारण बिहीबार उनको मृत्यु भएको हो । दुई साता अघि उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिरहँदा बिहीबार दिउँसो ३ बजे उनको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ५ सय नाघेको छ । चिकित्सकको मृत्य भएको भने यो पहिलो पटक हो । कोरोना संक्रमण बढ्दै जाँदा चिकित्सकले पनि ज्यान गुमाउनु परेको छ । विज्ञहरुका अनुसार कोरोना संक्रमण नियन्त्रणमा अहिलेकै प्रयास र प्रक्रियाबाट कठिन हुने बताइएको छ । सरकारले सबै स्वास्थ्य संरचना प्रयोग गर्दापनि संक्रमण झनै बढ्दै गएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *