पीसीआर शुल्क बढी लिए अनुमति खारेज गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी ।


काठमाडौँ, असोज १५ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाहरुले पीसीआर शुल्क बढी लिइरहे अनुमति खारेज गर्ने चेतावनी दिएको छ । गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर शुल्क दुई हजार तोकेको थियो । निजी अस्पताल र प्रयोगशालाहरुले भने त्यसको अवज्ञा गर्दै आएका थिए । बढी शुल्क लिएको गुनोसो आएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले निजी प्रयोगशालाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा आठ प्रयोगशालाले ३ हजार ८ सय ९९ सय देखि ४ हजार ४ सय रुपैयाँसम्म शुल्क लिने गरेको पत्ता लगाएको थियो । त्यसरी बढी शुल्क लिनेहरुमा ह्याम्स अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टर, स्टार अस्पताल, बी एण्ड बी अस्पताल, नेपाल मेडिसिटी अस्पताल, सुरिया हेल्थ केयर, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर र इन्टरपिड डायोग्नोस्टिक सेन्टर रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बढी शुल्क लिनेहरुलाई कालोबजारीमा कारबाही गरी प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वाणिज्य विभागलाई लेखी पठाउने निर्णय भएको जनाकारी गराएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *