चाडपर्वलाई लक्षित गरेर ‘किया बिगेस्ट सरप्राइज अफ द इअर’ सार्वजनिक ।

 


काठमाडौँ, असोज १३ गते ।

नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले चाडपर्वको मौका पारेर ‘किया बिगेष्ट सरप्राइज अफ द इअर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत दुई मोडलका गाडी खरिदमा ४ लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यू सेल्टोस स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउनेछन् । चाडपर्वलाई उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधापनि दिएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक करपनि कम्पनीले नै व्यहोर्नेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *