मुलुकभर पछिल्लो चौबिस घण्टामा १ हजार ३ सय ५१ जना संक्रमित थपिए ।

 


काठमाडौँ, असोज १२ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् । प्रवक्ता गौतमका अनुसार १९ हजार ६ सय २४ जना संक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ जना रहेका छन् ।होम आइसोलेसनमा १० हजार ९ सय २९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कुल संक्रमणमुक्त हुनको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षीया महिला, सुनसरीकी ३८ वर्षीया महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ८१७ जना थपिएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा मात्रै ६४९ जना संक्रमित भएका छन् । ललितपुर जिल्लमा १३२ जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा ३६ जना संक्रमित भएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *