दक्षिण कोरियाली अधिकारी मारिएकोमा उत्तर कोरियाली नेता किमले माफी मागे ।

काठमाडौँ, असोज ९ गते ।

केही समय पहिले दक्षिण कोरियाली एक अधिकारीलाई उत्तर कोरियाली सैनिकले गोली हानेर हत्या गरेका थिए । उक्त विषयलाई लिएर दुबै देशबीचको सम्बन्धमा दरार समेत आएको छ । दक्षिण कोरियाले उक्त हत्यालाई निन्दनीय भनेर भत्र्सना पनि गरिसकेको छ । उक्त घटनालाई लिएर दक्षिण कोरियाले कडा आपत्ति जनाएको छ । दक्षिण कोरियाको कडा आपत्ति पछि उत्तर कोरियाली नेता किम जोङ उनले माफी मागेका छन् । बीबीसीले दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धत गर्दै उक्त जानकारी गराएको हो ।

बीबीसीका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै किमले माफी मागेका हुन् । उनले पत्रमा नहुनु पर्ने घटना घटेको भनेर माफी मागेका छन् । किमले उक्त घटनालाई निकै दुःखद र निराशाजनक भनेका छन् । दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई उद्धृत गर्दै बीबीसीले उक्त कुरा जनाएको हो । उत्तर कोरियाले उक्त घटनाको बारेमा अन्य बिबरण पनि सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । दक्षिण कोरियाली ती अधिकारीलाई १० वटा गोली हानिएको थियो । किमले पठाएको पत्रमा उनको शरीर नजलाइएको पनि उल्लेख गरेका छन् ।

उत्तर कोरिया उक्त घटनाबाट अत्यन्तै दुःखित भएको किमले स्पष्टीकरण दिएका छन् । दक्षिण कोरियाले आफ्ना एक ४७ वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरुले गोली हानी मारेको दाबी गरेका थिए । पहिले उनको शव जलाइएको दाबी गरिएको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उक्त घटनालाई क्रूर कार्यको संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको थियो । दक्षिण कोरियाली मन्त्रालयका अनुसार ती अधिकारी दुई देशको जल सीमा नजिकै गस्ती गर्ने डुङ्गाबाट बेपत्ता भएका थिए । उत्तर कोरियाली नेता किमले माफी मागेसँगै दुबै देशको सम्बन्धमा सुधार आउने विश्लेषण गरिएको छ ।

Recommended For You

One Comment to “दक्षिण कोरियाली अधिकारी मारिएकोमा उत्तर कोरियाली नेता किमले माफी मागे ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *