मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्री खुला ।

काठमाडौँ, असोज ३ गते ।

मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ । बैंकले बोलकबोल मार्फत् सेयर बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरेको छ । बैंकका अनुसार संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलब ७० कित्ता र सर्बसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलब ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलब ६३ कित्ता सेयर गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।

सर्बसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य सिलबन्दी मार्फत् आबेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपैयाँ र त्यसभन्दा बढी कतिमा सेयर खरिद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने बैंकले जनाएको । उपत्यकाभित्र कमलादी स्थिति मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड, ज्ञानेश्वर, कलंकी, बौद्ध, महाराजगञ्ज, मैतिदेवी, गंगबु, पुरानो ठिमी, जावलाखेल र सूर्य विनायक शाखाबाट सेयर खरिदका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।

काठमाडौँ उपत्यका बाहिरको हकमा भैरहवा, तुलसीपुर, नेपालगञ्ज, विरेन्द्रनगर, बुटवल, धनगढी, तम्घास, अर्घाखाँची, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक, पोखराकै चिप्लेढुंगा, वीरगञ्ज, हेटौडा, सिन्धुली, धरान, जनकपुर, विर्तामोड र विराटनगर शाखाहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *