कोरोनाको कारण स्वास्थ्य क्षेत्र आफैँ बिरामी, रोगीको उपचार प्रभावित ।

काठमाडौँ, असोज ३ गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण स्वास्थ्य क्षेत्र नै बिरामी भएको विज्ञहरुले बताएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, कमचारी संक्रमित भएका छन् । अग्रपंक्तिमा रहेर संक्रमितको उपचार गर्नुपर्ने भएकाले उनीहरु जोखिममा रहेका छन् । जब विश्वमा महामारीको अवस्था आउँछ स्वास्थ्यकर्मी बढी जोखिममा पर्छन् । उनीहरुको जिम्मेवारी र कार्यबोझ बढ्छ । स्वास्थ्य सेवा जनताको मौलिक हकको रुपमा विश्वभरी नै लिइन्छ । त्यसैले स्वास्थ्य संक्रटको बेला स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी भाग्न पाउँदैनन् । विज्ञहरुका अनुसार वैकल्पिक अर्थात् इलेक्टिभ सेवा मार्फत् सेवा दिनुपर्छ । नियमित फलोअपका बिरामीहरुलाई पनि उपचार गर्नुपर्छ । महामारीका कारण आएका ठूलो संख्याका बिरामीहरुलाई पनि एकैसाथ सामना गर्नुपर्ने हुन्छ ।

यसले स्वास्थ्य संस्था र स्वाथ्यकर्मीलाई कार्यबोझ बढाउँछ । यस्तो अवस्थामा स्वास्थ्य संस्थाले नाफा खोज्न मिल्दैन । देश र जनताप्रतिको जिम्मेवारीको रुपमा भूमिका निर्वाह गर्नुपर्छ । स्वास्थ्यकर्मी पनि सेवा दिनबाट टाढा रहन पाउँदैनन् । स्वास्थ्य क्षेत्रका जानकारहरुका अनुसार कतिपय देशहरुमा कोरोना महामारीको अवस्थामा पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सुरक्षित रहे । कतिय देशमा भने भारी मात्रामा प्रभावित भए । स्वास्थ्य क्षेत्र देशको अर्थतन्त्रको एक महत्वपूर्ण क्षेत्र पनि हो । यस क्षेत्रको अर्थतन्त्र कमजोर भएमा देशको राजस्वमा पनि असर गर्छ । संक्रमणको महामारीको बेलामा स्वास्थ्य सेवालाई प्रभावित हुन दिनुहुँदैन । अस्पताल तथा स्वास्थ्य संस्थामा जान सुरक्षित वातावरण निर्माण गरिनुपर्छ ।

बिना संकोच परीक्षण, उपचार र निदानको उपाय खोजिनुपर्छ । संक्रमण महामारीको बारेमा सूचना दिन, जनचेतना जागृत गराउन र स्वास्थ्य सतर्कता अपनाउन प्रेरित गरिनुपर्छ । संक्रमण महामारीभन्दा अन्य रोगका बिरामीहरु धेरै हुन्छन् । उनीहरुको जीवन रक्षा पनि गरिनुपर्छ । राज्यले महामारीको बेलामा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, बिरामी र स्वास्थ्य अर्थतन्त्रलाई एकैसाथ सम्बोधन गर्न सक्नुपर्छ । विज्ञहरुका अनुसार कोभिड–१९ संक्रमणका कारणले विश्वलाई ठूलो सवक सिकाएको छ । स्वास्थ्य चेतनाका लागि आम मान्छेलाई सतर्क र सचेत हुन सिकाएको छ । आज विश्व कोरोना भाईरससँग जुधीरहेको छ । विज्ञहरुले यस महामारीसँग जुध्न सबै पक्षको हातेमालो जरुरी रहेको सुझाएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *